-
नमोबुद्ध संवाददाता
काठमाडौं– महोत्तरीमा एकैदिन एकजना स्वास्थ्यकर्मीसहित २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार बुधबार एकैदिन २०० जनामा संक्रमण पुष्टि भएको हो ।
उहाँका अनुसार बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा १८२ जना सम्सी गाउँपालिकाका रहेका छन् । यसअघि पनि सम्सी गाउँपालिकामै ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।यस्तै बलवा नगरपालिकाका १२ जना, पिपरा गाउँपालिकाका ४ जना र २ जनाको विवरण खुल्न सकेको छैन ।