-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपालमा एकैदिन नोभल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हालसम्मकै उच्च रहेको छ । बुधबार मात्र नेपालमा कोरोना भाइरसको संक्रमण ५८६ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङकार्फत जानकारी दिनुभयो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेमा महोत्तरीका २००,रौतहटका १२७,उदयपुरका ४, सिराहाका १, मोरङ्गका ९, झापाका २, धनुषाका २६, बाराका ७, कपिलवस्तुका १०, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, अर्घाखाचिका १२, कैलालीका १, पर्वतका ३, नवलपरासी पुर्वका १७, गुल्मीका २६, बाकेका १, बर्दियाका ३१, दाङ्गका ८, सल्यानका २७, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कन्चनपुरका ७ गरी ५८६ जना रहेका छन।
मन्त्रालयका अनुसार कोरोना संक्रमण पछि निको हुनेको संख्या १ हजार १७७ जना पुगेको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।