
-
शिशिर दोङ :
तेमाल–काभ्रेको तेमाल गाउँपालिका २ नम्बर वडा कार्यालय भवनको मंगलवार शिलान्यास गरिएको छ ।
पूर्व उर्जा राज्यमन्त्री एवम् नेकपा नेता सुर्यमान दोङ(लालध्वज)ले एक औपचारिक कार्यक्रम बिच भवनको शिलान्यास गर्नुभएको हो ।
तेमाल समृद्धिको सवाल ! प्रमुख अतिथि लालध्वजको सम्बोधन: भिडियो क्लिपसहित ।
गाउँगाउँमा सिहंदरबारको व्यवहारिक कार्यन्वयनका लागि वडा भवन निर्माणको सुरुवात गर्नु निकै महत्वपूर्ण रहेको नेकपा नेता दोङले बताउनुभयो ।
“अहिलेको जनप्रतिनिधिको पालमा भवन निर्माणको सुरुवात भएकोमा खुसी छु, यसलाई पक्की राम्रो र सुरक्षित बनाउन सबैलाई आग्रह गर्दछु,म पनि सहयोगका लागि प्रतिवद्ध छु ।”
वडाको अनुरोधमा गाउँपालिकाको २०लाख बिनियोजित रकमबाट उक्त भवन निर्माण सम्पन्न हुने वडाध्यक्ष तिमाल सिं तामाङले जानकारी दिनुभयो । भवनको शिलान्यास उत्साहपूर्ण रहेजस्तै यसलाई मुर्तरुप दिन सबै पक्षलाई उत्साहपूर्ण साथ दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य(सांसद) रत्न ढकालले वडा भवन निर्माणपछि जनप्रतिनिधिलाई जनसेवा प्रदान गर्न निकै सहजता आउने विश्वास व्यक्त गर्दै स्थानिय विकासमा साथै रहने प्रतिवद्धता जनाउनुभयो ।
साथै उहाँले प्रदेश सरकारले जन परिचालन गरेर स्वस्थ्य प्राबिधिक शिक्षा र कृषिमा बजेट कार्यन्वयन गर्ने गरी नीति पारित गर्न संघीय सरकारलाई प्रदेशबाट प्रस्ताव गरेको प्रष्ट पार्नुभयो ।
तेमालमा प्राबिधिक शिक्षालयको आवश्यक रहेको ठहर गर्दै उहाँले तेमाल बिशेष बुद्धचित्तको प्रख्यात रहेको हुदा यस्ता बस्तुहरुलाई समेटेर कृषि शिक्षालयको अवश्यकता औंल्याउनुभयो । यस सम्बन्धमा आजसम्म कुनै पनि प्रस्ताव नरहेको जानकारी दिनुहुदै सांसद ढकालले तुरुन्तै प्रस्ताव ल्याउन समेत अनुरोध गर्नुभयो ।
पालिका अध्यक्ष सलाम सिं तामाङले स्थानिय सरकार सदैव स्थानियको जीवन सरल बनाउन विकास निर्माणमा केन्द्रित रहेको दावी गर्नुभयो । सोही क्रममा तेमालका अधिकांश वडा कार्यालय भवनहरुले छिट्टै मुर्तरुप लिने अध्यक्ष तामाङले बताउनुभयो ।
कार्यक्रममा स्थानिय जनसमुदायका साथै नेकपाका नेताहरु रुकु चौलागाई,इन्द्र तामाङ , प्रदिप लामा ,कल्पना तामाङ ,समीर लामा,उशा घिसिङ तामाङ,पासाङ डोल्मा तामाङ,वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुको समेत उपस्थिति थियो ।