• नमोबुद्ध संवाददाता

काभ्रे–जिल्लाको पनौतीमा संक्रमण देखिएकी ३९ बर्षिया महिलाका श्रीमान सहित परिवारका ६ जना सदस्यहरुको कोरोना संक्रमण नभएको पिसिआर परिक्षणबाट पुष्टी भएको छ ।पनौती नगरपालिका वडा नम्वर ८ मल्पि घर भएकी महिला सामान्य परिवारकी हुन् ।

उनका श्रीमान, सासु, ससुरा, दुई छोरी र एक छोराको पिसिआर परिक्षणमा कोरोना संक्रमण नभएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो । उनिहरु सबै जनाको शनिबार विहान स्वाव संकलन गरी घरमै क्वारेन्टाईनमा राखिएको थियो । महिलालाई भक्तपुर स्थित केएमसी अस्पताल दुवाकोटमा भर्ना गरिएको छ ।

संक्रमित महिला घरबाट कतै गएकी छैनन । उनका श्रीमान निर्माण कार्य गर्ने ठेकेदार हुन् । उनको सम्पर्क धेरै ब्यक्तिसँग भए पनि लक डाउन पछि उनि कतै गएका छैनन । पेट दुखेर बनेपा अस्पताल हुँदै धुलिखेल अस्पताल पुगेकी महिलाको पित्तथैलीमा समस्या देखिएकाले अप्रेसन गर्नु पर्ने बताए पछि उनको पिसिआर परिक्षणका लागि स्वाब लिएर घर फकाईएको थियो ।

प्रतिक्रिया दिनुहोस !