-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा शुक्रबार विहान २ः१५ मा सुर्खेत जिल्लाका पन्जपुरी नगरपालिका १ का २० वर्षिय पुरुष रहेको कर्णाली प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मण तिवारीले विज्ञप्तीमार्फत जानकारी दिनुभयो ।
विज्ञप्तीका अनुसार मृतक पुरुष जेठ २० गते आरडिटि नेगेटिभ आएपछि घर फर्केकोमा भोलिपल्ट विहान ज्यान गएपछि थ्रोडस्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालमा पिसिआर परिक्षण गरेकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनी जेठ 8 गते भारतबाट आएका थिए ।