• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपालमा मंगलबारसम्ममा नोभल कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ हजार भन्दा बढिमा पुष्टि भएका छन् । मंगलबार नेपालमा हालसम्मकै अधिकतम संख्या २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि हुनेमा रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरासी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० जना रहेका छन् ।

पछिल्लो समय नमुना परिक्षणको दर बढाएको तथा भारत हुदैँ नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या संगै कोरोना संक्रमितको संख्या बढेको छ ।

प्रतिक्रिया दिनुहोस !