• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसारभरतपुरमा गरिएको परीक्षणमा २३ देखि २६ वर्षका चार जना र राप्तीमा गरिएको परीक्षणमा विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । भैरहवामा गरिएको परीक्षणमा १७ देखि ४४ वर्षका १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।कपिलवस्तुमा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कचनाकवल गाउँपालिकाका १८ र ४१ वर्ष उमेरका २४ जना र तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको थ्रोट स्वाबको परीक्षण कोशी अस्पताल, विराटनगरमा भएको थियो ।यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् । पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बाराको प्रचौटा राष्ट्रिय माविमा रहेका २७ देखि ४५ वर्ष उमेर समूहका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण्म पुष्टि भएको छ । उनी अहिले पाटन अस्पतालमै रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !