
स्थानियद्धारा सुरक्षाका लागि विकल्प माग :
-
शिशिर दोङ
तेमाल–काभ्रेको तेमाल गाउँपालिकाको वडा नम्बर १ र २ मा लकडाउन प्रभावकारी बनाउन स्थानिय जागरुक देखिएका छन् । वडा नम्बर १ र पाँचखाल नगरपपालिको सिमाना हुदै माथिल्लो क्षेत्र आधाबाट सस्र्युंखर्क, तल्लो क्षेत्रबाट जिल्लाको कोशीपारी र चुखावेशी–ठूलो पर्सेल छिर्ने नाकामा युवाहरुको सक्रियता देखिएको छ ।
गाउँपालिकाको निर्णयअनुसार वडाको संयोजनमा हेल्थ डेक्स सञ्चालनमा ल्याउनुका साथै अनावश्यक आवागमन गर्ने सवारी साधन तथा व्यक्तिहरुलाई आवश्यक परामर्शका साथ फर्काउने गरेको स्वयमसेवक संग्राम तामाङले जानकारी दिनुभयो ।
यो कामको सहजिकरणमा सहजताका लागि प्रहरी चौकीलाई पनि आवश्यक सहयोगको माग गरेको उहाँले बताउनुभयो ।
वडा नम्बर २ अन्तरगत चुखावेशीमा भने लकडाउन प्रभावकारी बनाउन पालिकालाई सवारी आउजाउमा चेकजाँच गर्ने कामलाई थप कडाई गर्न स्थानियले माग गरेका छन् ।
ति ठाँउमा जाँच चेक काडाई नभएको गुनासो गर्दै स्थानियले सडकमा रुख ढाले ।
पालिकाका अध्यक्ष सलाम सिं तामाङ र वडाध्यक्ष तिमाल सिं तामाङलाई फोनमा सल्लाह गरेरै स्थानीय युवाहरुले रुख ढालेर चुखा खहरेघाट जोड्ने सडक बुधबार बिहान देखि पूर्णरूपमा बन्द गराएका थिए ।
टोलमा बिरामी पर्दा वा अन्य अपत्कालिन समयमा सबै जना मिलेर खोल्ने सर्तमा जेठ २० गते सम्मको लागि बन्द गर्न खोजिएको स्थानिय देवनारायण तामाङले बताउनुभयो । तर केही समयपछि स्थानिय पचुवारघाट प्रहरी प्रशासनले राज्यको नीति बिपरित भन्दै सडकमा ढालेको रुख पन्छाउन निर्देशन दियो ।
यस्तो निर्देशनपछि स्थानिय युवाहरु भने रुष्ट भए । संघीय सरकारले गरेको लक डाउनको पालना गराउन स्थानीय सरकारले कडा कदम नचालेको आरोप उनिहरुको छ ।
स्थानीयहरुले वडाध्यक्ष तामाङमाझ स्वास्थ्य सुरक्षाका लागि अन्य बिकल्प समेत माग गरे । वडा अध्यक्ष तामाङले बिपत् ब्यवस्थापन समिति गठन गरि स्वयंसेवक परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । यसका लागि आफ्नो सहयोग रहने वडाध्यक्ष तामाङको प्रतिवद्धता छ ।