
यो फुर्सदको समयको सदुपयोग विभिन्न ज्ञानमुलक,साहित्यिक पुस्तकहरुको अध्ययन गरेरपनि गर्न सहिन्छ। सरकारी जागिरप्रति मोह हुनेहरुले लोकसेवाका पुस्तकहरु अध्ययन गर्न सक्दछन् । यससम्बन्धी जानकारीहरु टिप्सको रुपमा कुमार तिमिल्सिनाः आइक्यू मास्टर को भाषामा यहाँ प्रस्तुत गरिएको छ ।
१. म कुन पदको लागि तयारी गर्दै छु सो पदको महत्व र आवश्यकतामा आफुलाई योग्यतासँग जोड्नुस् भन्नुको मतलब अहिले सम्म तपाईंको शिक्षाको योग्यता १२ बर्ष वा सो बढी सबैलाई जिबन्त बनाउने र नबिकरण गर्ने नै त्यो तयारी गरेको पद हो भनेर सो कुरालाई केन्द्रमा राखेर गर्नुस् ताकी तपाईं कती महत्वपूर्ण काम गर्दै हुनुहुन्छ त्यस्ले तपाईंलाई अती नै पढाईमा केन्द्रित गर्दछ।
२. कोरनाले श्रीजना गरेको सामाजिक दुरी कायमलाई निरन्तरता दिनुस् र आफुलाई पुरै पढाईमा केन्द्रित गर्नुस् ।
३. तपाईंले अब कक्षा १० सम्मको जसरी तालिका बनाएर सो कुरालाई इमान्दारितापुर्बक पालना गरी पढ्नुस् ।
४. जब निद्रालाग्छ वा पढ्न मन लाग्दैन सामाजिक सन्जाल फेसबुक वा टुइटरमा पढाई सँग सम्बन्धित ग्रुपमा हेर्नुस् त्यो पनि मन नलागे संगीत सुन्नुस् ।
५. कडा मिहेनत नगरनुस् स्मार्ट हुनुहोस् र थोरै पढ्ने धेरै बुझ्ने भन्नाले केही पढेर त्यस्लाई धेरै आफ्नो दृष्टिकोण र आयमबाट बुझ्नुस् जस्तै तपाईंले कोही व्यक्तीलाई देख्नु भो भने उ व्यक्ती आफु जस्तै नसोची यो कुन जातको, कुन उमेरको, कुन धर्मको, कस्तो आर्थिक अवस्थाबाट आएको होला, के काम गर्ला, कती संघर्श गरेर यहाँ सम्म आयो होला उस्को श्वास्थ कस्तो होला, कस्तो विबेकशिल होला एसरी बहु आयामबाट बुझेजस्तै प्रत्यक कुरालाई आँफै यसरी बुझ्नुस् धेरै श्रीजनशिल बनाउछ ।
१ किताब पढ्दा OK4R तरिकाले पढ्नुस् जस्को पुरा रुप तल दिएको छ:
overview
Keyideas
Reading the topic totally
Recall
Reflect
Review
यसरी तयारी गर्दा धेरै आँफैमा सुधार हुँदै जान्छ अरु म केही दिन प्रत्यक दिन म उल्लेख गर्ने छु ।यो मेरो व्यक्तिगत विचार हो । धेरै साथीहरुले सधैं मलाई के गरी सुधार हुन्छ कसरी पढ्ने बताइदिनु भन्नु भएकोले मलाई लागेको भनेको हुँ । सही लागे प्रयोग गर्नु नत्र प्रयोग गर्नु पर्छ भन्ने छैन ।