-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपालमा विभिन्न जिल्लामा गरि थप १७ जनामा नोभल कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भइको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरेको नमुना परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्तीमार्फत जानकारी दिनुभयो । यो संगै नेपालमा बिहिबार बिहानसम्ममा संक्रमितको संख्या ४सय ४४ पुगेको छ ।
मन्त्रालयका अनुसार बिहिबार विहान कोरोना संक्रमण पुष्टि हुनेमा झापा कचनकवल गाउँपालिका ३,६,८ निवासी १८,१८,१९,१९,२२,२३,२३,२५,२६,२६,२८,३०,३२,३७,४६ वर्षिय पुरुषहरु, धनकुटा निवासी ३४ वर्षिय पुरुष, सुनसरी उप महानगरपालिका धरान निवासी ५१ वर्षिय महिला रहेका छन् ।
नेपालमा हालसम्ममा ४५ जना संक्रमित स्वस्थ भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।