
-
शिशिर दोङ
तेमाल–नोवल कारोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उलंघन गर्दै प्रवेश गरेका भुम्लु गाउँपालिका ५ का सुजन लामा र कुमार लामालाई चुखावेशीबाट फर्काइएको छ ।
उनिहरुलाई विशेष प्रशिक्षणका साथ वडाध्यक्ष तिमाल सिंह तामाङ ,वडा सदस्य डिल्लीमान तामाङ र पार्वती श्रेष्ठको उपस्थितिमा उनिहरुको मोटरसाइकल सहित फिर्ता पठाईएको हो । सो क्षेत्र सरमथली,ठूलोपर्सेलका साथै कोशीपारी क्षेत्र आउजाउ गर्ने सडक सञ्जाल जोडिएको ठाउँ हो ।
तेमाल गाउँपालिकाले बैशाख ५ गतेबाट नै अन्य पालिका जोड्ने सिमानाकामा लकडाउन प्रभावकारी बनाउन स्वयमसेवक खटाउँदै आएको पालिका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो ।