नमोबुद्ध संवाददाता

तेमाल–काभ्रेको तेमाल गाउँपालिकामा एक जना व्यक्तिमा नोवल कोरोना भाईरसको प्रारम्भिक परीक्षण पोजिटिभ देखिएको छ ।

पालिकाका स्वास्थ्यकर्मी कर्मचारीहरुमा गरिएको आरडिटी परीक्षणमा उनिहरुमध्ये एक पुरुष स्वाथ्यकर्मीमा पोजेटिभ देखिएको स्रोतले जानकारी दिएको छ ।

ति व्यक्तिको पिसिआर परीक्षणका लागि बुधबारनै धुलिखेल अस्पताल पठाईएको छ । प्रारम्भिक आरडिटी परीक्षण पोजेटिभ देखिएपनि अन्तिम परीक्षण पिसिआर बाँकी छ ।

पिसिआर पोजिभिट वा नेगेटिभ पनि आउन सक्ने भएकोले अहिले आत्तिन नपर्ने चिकित्सक बताउँछन् ।

ति व्यक्ति केहि दिन अघि गाउँपालिकाले सञ्चालन गरेको कोरोना सचेतना अभियानका साथै घरघरमा स्थानियको स्वास्थ्य जाँच कार्यक्रममा खटेका थिए ।

प्रतिक्रिया दिनुहोस !