-
नमोबुद्ध संवाददाता
काठमाडौं–बाँकेमा थप ४७ जना नोभल कोरोना भाइरस संक्रमित फेला परेका छन् । भेरी अस्पताल प्रयोगशालामा गरेको नमुना परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले स्पष्ट पार्नुभयो ।
सोमबार बिहानमात्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।यो समाचार तयार पार्दासम्म एकैदिन विभिन्न जिल्लाको गरि ६२ जना नयाँ संक्रमित फेला परेका छन् ।नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । ३६ जना उपचारपश्चात स्वस्थ भएका छन् । हालसम्ममा नेपालमा कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् ।