
-
नमोबुद्ध संवाददाता
काठमाडौं–कोरोना भाइरस संक्रमण बढ्दै गएको अवस्थामा नेपाल सरकारले लकडाउनको अवधि बढाएको छ । भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै मन्त्री परिषदको आइतबार बसेको बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । सरकारले यसअघि जेठ ५ गते सोमबारसम्मको लागि लकडाउन अवधि जारी गरेको थियो ।
नेपालमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएपछि लकडाउन थप्ने र कडाई गर्ने निचोडमा सरकार पुगेको एक मन्त्रीले जानकारी दिए ।