-
नमोबुद्ध संवाददाता
काभ्रे–नेपालमा थप १० जनामा नोभल कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । आइतबार बिहान विभिन्न जिल्लाका गरि थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्तीमार्फत जानकारी दिनुभयो ।
विज्ञप्तीका अनुसार आइतबार कोरोना संक्रमण पुष्टि हुनेहरुको नमुना परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।संक्रमण पुष्टि हुनेमा रौतहट राजपुर नगरपालिका फरहतवा ९ निवासी १८,३२,३६,३९,३९,४२,४८ वर्षिय पुरुषहरु र रौतहट इशनाथ नगरपालिका ३,५ पनवासी २८,३०,४८ वर्षिय पुरुषहरु रहेका छन् । नेपालमा यो संगै कोरोना संक्रमितको संख्या २९१ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा शनिबार पहिलो कोरोना संक्रमितको मृत्यु भएको छ भने ३६ जना कोरोना संक्रमित स्वस्थ भएर घर फर्किसकेका छन् ।