• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपालमा थप ६ जनामा नोभल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । शनिबार बिहान विभिन्न जिल्लाका गरि थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको नमुना परिक्षणमा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा बर्दिया नार्खु ११ निवासी २८ वर्षिय महिला, सिरहा सखुवा १९ निवासी ३० वर्षिय पुरुष, पर्सा विरगन्ज १२ निवासी २८,२९ वर्षिय पुरुषहरु,सर्लाही रामनगर ४ निवासी १८ वर्षिय महिला,र चितवन गढौली १ निवासी २५ वर्षिय महिला रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबै जनाको स्वास्थ्यस्थिति सामान्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !