
-
नमोबुद्ध संवाददाता
काठमाडौं–मंगलबार नोभल कोरोना भाइरस (कोभिड १९)को संक्रमण अहिले सम्मकै उच्च संख्यामा पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको नमुना परिक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमण पुष्टि हुनेमा कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहि जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना, बारा जिल्लाका १ जना गरि ५७ जना पुरुषहरु रहेका छन् । उनीहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा लकडाउन जारी गरेको आज ५० औँ दिन भएको छ । सरकारले संक्रमणको स्थितिलाई हेरेर क्हि क्षेत्रहरुमा लकडाउनलाई खुकुलो बनाउने, विकास तथा पूर्वाधारका कार्यहरु संक्रमणको रोक तथा सावधानी अपनाएर गर्न निर्देशन दिएको छ । तर पछिल्लो केहि दिन यता भने संक्रमितको संख्या उच्च हुदै गएको छ । जनस्वास्थ्य विज्ञहरुले भने अहिले नै लकडाउनलाई खुकुलो बनाउन नहुने तर्क समेत गरेका छन् ।