-
नमोबुद्ध संवाददाता
काठमाडौं– नेपालमा सोमबार साँझ थप १३ जनामा नोभल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। सोमबार दिउसोसम्मा ११ जना संक्रमित फेला परेको थियो । साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको नमुना परिक्षणमा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ । हालसम्ममा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्धारा हस्ताक्षरित सूचनाका अनुसार साँझ थप १३ जना संक्रमितहरु कपिलवस्तु यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५,१९,२३,३०,३२,३८ वर्षिय पुरुषहरु, रुपन्देहि समरीमाई गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४,२६,२७,३०,३२,४० वर्षिय पुरुषहरुका साथै बर्दिया राजापूर ५ निवासी ११ वर्षिय महिला रहेका छन् ।
सोमबार बिहान कोरोना पुष्टि हुनेहरुको नमुना परिक्षण काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका ५ बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९,२०,२०,२४,३०,३१,३४,३४ वर्षिय पुरुषहरु र १ जना उमेर नखुलेको पुरुष रहेका छन् ।दिउसो संक्रमण पुष्टि हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी १८ वर्षिय पुरुष रहेको छ । उनीहरु सबैको स्वास्थ्यस्थिती सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा आईसकेको मन्त्रालयले जनाएको छ ।
नेपालमा संक्रमण फेला परेयता कै सबैभन्दा बढि सोमबार फेला परेको हो ।