• नमोबुद्ध संवाददाता

काठमाडौं– नेपालमा एकैदिन ११ जनामा नोभल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। सोमबार बिहान मात्र १० जना कपिलवस्तुमा संक्रमित फेला परेको थियो । दिउसो विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरेको नमुना परिक्षणमा थप १ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ । हालसम्ममा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्धारा हस्ताक्षरित सूचनाका अनुसार दिउसो १ जना थप  संक्रमित डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी १८ वर्षिय पुरुष रहेको छ । उनको स्वास्थ्यस्थिती सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा आईसकेको मन्त्रालयले जनाएको छ ।

सोमबार बिहान कोरोना पुष्टि हुनेहरुको नमुना परिक्षण काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका ५ बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९,२०,२०,२४,३०,३१,३४,३४ वर्षिय पुरुषहरु र १ जना उमेर नखुलेको पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !