• नमोबुद्ध संवाददाता

काठमाडौं–चीनको वुहान सहरबाट सुरु भएको नोभल कोरोना भाइरस हाल विश्वका २१० भन्दा बढि देशहरुमा फैलिसकेका छन् । हालसम्ममा यस भाइरसका कारण ४१ लाख ८० हजार भन्दा बढिमा संक्रमण देखिएको तथ्याङ्क वल्र्डमिटरले सार्वजनिक गरेको छ ।

वल्र्डमिटरका अनुसार सो संक्रमित मध्ये २ लाख ८३ हजार ८सयभन्दा बढिले ज्यान गुमाइसकेका छन् भने १४ लाख ९३ हजार २ सय भन्दा बढि उपचा पश्चाल निको भएका छन् । सुरुमा निकै प्रभावित बनेका चीनपछि इटली, स्पेन, बेलायत रहेकोमा पछ्ल्लिो समयमा अमेरिका शिर्षस्थानमा रहेको छ ।

अमेरिकामा हालसम्ममा करिब १४ लाखमा संक्रमणदेखिएको छ भने ८० हजारभन्दा बढिले ज्यान गुमाइका छन् ।संक्रमण बढ्दै गएपछि त्यहाँका सरकारले पनि लकडाउन गरेको छ ।

नेपालमा पनि गत जनवरीमा देखा परेको यो भाइरस हालसम्ममा १२० जनामा संक्रमण पुष्टि भएको छ । ३१ जना स्वस्थ भएर घर फर्किसकेका छन् ।छिमेकी राष्ट्र भारतमा पनि कोरोनाको संक्रमण ६७ हजारभन्दा बढिमा देखिएको छ र २ हजार २सयभन्दा बढिले ज्यान गमाइसकेका छन् । संक्रमण जटिल भएसंगै भारत सरकारले पनि लकडाउनको अवधि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस !