• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपालमा थप १० जनामा नोभल कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । सोमबार कोरोना पुष्टि हुनेमा सबैजना कपिलवस्तु जिल्लाका रहेका र यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेखित रहेको छ ।

विज्ञप्तिका अनुसार आज कोरोना पुष्टि हुनेहरुको नमुना परिक्षण काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका- ५ बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९,२०,२०,२४,३०,३१,३४,३४ वर्षिय पुरुषहरु र १ जना उमेर नखुलेको पुरुष रहेको तथा सबैजनाको स्वास्थ्यस्थिति सामान्य रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !