• नमोबुद्ध संवाददाता

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका सबै अस्पतालहरुमा ओपिडि सेवा संचालन गर्नका लागि आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण गत १ महिनादेखि बन्द रहेको थियो । ओपिडि सेवा संचालन गर्नका लागि मन्त्रिपरिषद्बाट पनि निर्णय भएकोले विशेष सावधानी सहित ओपिडि तथा जनस्वास्थ्यका सबै सेवाहरु संचालन गर्न मन्त्रालयले आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना बाहेकका अन्य आकस्मिक तथा जनस्वास्थ्यका हिसावले पाउनु पर्ने सबै किसिमका खोपसेवा,सुरक्षित मातृत्व पोषण कार्यक्रम लगायत सेवाहरु पाउने पर्ने हुन्छ । प्रत्येक अस्पताल तथा स्वास्थ्य संस्थाहरुले संक्रमणको रोक तथा सावधानीका साथ ति सेवाहरु निरन्तर रुपमा संचालन गर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !