• नमोबुद्ध संवाददाता

काठमाडौं, २६ वैशाख । काठमाडौंको गोठाटारस्थित् हात्तीडाँडा समाजले २५६४औं बुद्ध जयन्ती विश्व माहामारीको रूपमा रहेको कोरणा भाईरस ९कोभिड -१९० रोग विरूद्दको लडाईमा अग्र भागमा रहि सेवा गरी रहेका पेशाकर्मी र स्वंयसेवीहरूमा समर्पित गरी मनाएको छ ।

समाजले उनीहरूलाई सम्मान एवं प्राहोत्सान गरी कोरोना रोगबाट संक्रमितहरूको स्वास्थ्यलाभको कामना गरी र कारण मृत्यु वरण गरेकाहरूको आत्माशान्ति कामना गर्दै साँझ ७ः०० वजे घर-घरमा दिप प्रज्वलन गरि भगवान् गौतम वुद्दको जन्मजयन्ती मनाउन नेपाल सरकारले गरेको आग्रहबमोजिम समाजले सामाजिक दुरी कायम गरी समाजभित्र रहेको खुल्ला क्षेत्रमा नेपालको झण्डा अंकित नक्शा बनाई मैनवत्ती प्रवज्वलन गरी बुद्ध जयन्ती मनाएको छ।

 

दिप प्रज्वलन कार्यक्रमको शुभारम्भ गर्दै समाजका अध्यक्ष गणेश थापाले भगवान् गौतम वुद्द नेपाल र नेपालीको मात्र नभएर विश्व विचार र सत् चरित्रको मुहान भएकाले गौतम वुद्दको विचार, चरित्र र दिव्योपदेश नेपालको सम्पतीका रूपमा भएकाले यसको संरक्षण र प्रवर्दनमा जोड दिनु पर्ने र बुद्धको बारेमा कुप्रचार गर्नेहरूसँग सजग हुनुपर्ने बताएका थिए । नेपालमा महामारीका रूपमा कोरना नफैलनु एक मात्र कारण भनेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारको उच्च भुमिकाकै भएको स्मरण गरिएको थियो ।

महासचिव अधिवक्ता राजु कटुवालको संचालन तथा ई ब्लकका संयोजक तथा सिभिल बैकका कम्पनी सचिव हिराकाजी वस्नेतको संयोजनमा भएको दिप प्रवज्वलन कार्यक्रम हात्तिडाँडा समाजकै अङ्ग साथी समुहको संयोजक तथा काठमाडौं जिल्ला कोरोना रोग विरूद्दको संयन्त्रको फोकल पर्सन जन स्वास्थ्य नर्स पार्वती विष्टको जिम्मेवारीको वारेमा कुरा गर्दै कोरोना रोग विरूद् उनले गरेको योगदानको चर्चा उच्च सम्मानका साथ प्रसंशा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !