• नमोबुद्ध संवाददाता

काठमाडौं–शुक्रबार थप १ जनामा नोभल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशाला नेपालगन्जमा गरिएको नमुना परिक्षण १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि हुनेमा १६ वर्षिय रहेको छ । यो संगैमा कुल कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।प्रवक्ता देवकोटाका अनुसार संक्रमित मध्ये ७४ जना पुरुष तथा २४ जना महिला रहेका छन् । प्रदेशगत संक्रमितमा ३१ जना प्रदेश १मा, प्रदेश २ मा ३० जना, बाग्मति प्रदेशमा ७ जना, गण्डकि प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।

हालसम्ममा ३० जना स्वस्थ भएर घर फर्किसकेका छन् । बह्हतर जनाको उपचार भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !