• नमोबुद्ध संवाददाता

काभ्रे– विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण यो वर्ष पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवति मन्दिरमा मेला नहुने भएको छ । हरेक वर्ष बैशाख पूर्णिमाका दिन विशेष जात्रा लाग्ने यस मन्दिरमा जात्रा नगर्न तर नित्य पूजा मात्र गर्न पलाञ्चोक भगवती गुठि समितिलाई पाँचखाल नगरपालिकाले परिपत्र गरिसकेको छ ।

हिन्दु धर्मलम्बीहरुको विशेष धार्मिकस्थलका रुपमा रहेको भगवतिथानमा मेला भर्नका लागि पाँचखाल नगर लगायत आसपासका तेमाल, भकुण्डे, काठमाडौं, सिन्धुपाल्चोक, रामेछापका भक्तजनहरु आउने गर्दथ्यो । यो काभ्रे जिल्लाको एक महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक क्षेत्रको रुपमा रहेको छ ।

पलाञ्चोक भगवति मन्दिरको विस्तृत जानकारीका लागि पुजारीसंगको कुराकानी हेनुहोस् ।

प्रतिक्रिया दिनुहोस !