• नमोबुद्ध संवाददाता

काठमाडौं । सत्तारुढ नेकपाभित्र बढ्दै गएको अन्तरविरोधसँगै दुइ पक्षबिच रस्साकस्सी हुने अनुमान गरिएको स्थायी कमिटी वैठक बिहीबार नहुने भएको छ । शनिबार बसेको सचिवालयको वैठकले २५ गतेलाइ स्थायी कमिटी वैठकको मिति तय गरेको थियो । तर, बुधबार बसेको सचिवालयले तयारी नपुगेको भन्दै स्थगित गरेको हो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।

‘सचिवालयले अध्यक्षद्धयलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । उहाँहरुको व्यस्तताले गर्दा भ्याउनु भएन’, महासचिव विष्णु पौडेलले भने, त्यही भएर भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस !