-
नमोबुद्ध संवाददाता
काठमाडौं–बुधबार पर्साका थप १७ जनामा नोभल कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको नमुना परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाका अनुसार बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा पर्साको विरगन्जबाट प्राप्त नमुना रहेका छन् जसमा ७ जना महिला र १० जना पुरुष रहेका छन् । उनीहरु दुई महिनादेखि ६६ वर्ष उमेर रहेको मन्त्रालयले जनाएको छ ।