• नमोबुद्ध संवाददाता

काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिठ १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन (बन्दाबन्दी)लाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

मंगलबार बसेको कोभिड(१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । विज्ञहरुका अनुसार नेपालमा लकडाउन प्रभावकारी भएको अर्थात यसका कारण कोरोना संक्रमणको नियन्त्रण तथा रोकथाममा टेवा पुगिरहेको भनाई रहेको छ । तर लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।

अहिले नेपालमा पनि कोरोना संक्रमित भएको छ । हालसम्ममा संक्रमितको संख्या ८२ पुगेको छ । यसरी संक्रमित बढेकाले तुरुन्तै लकडाउन खुल्दा अझ देशमा भयभह हुन सक्नले लकडाउनलाई लम्बाउने र जोखिम क्षेत्र निर्धारण गरि कडाई गर्न विज्ञहरुले सूझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !