
-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपालगन्जमा पछिल्लो पटक कोरोना भाइरस (कोभिड १९)को केन्द्रबिन्दु बन्दै गरेको पाइन्छ । आइतबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज मंगलबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।यो नेपालमा कोभिड १९ संक्रमितको संख्या ८२ पुगेको छ ।
मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमण पुष्टि हुनेहरुको भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा नमुना परिक्षण गरेका थिए । नेपालगन्ज ८ निवासी २२,३०, ४० वर्षका पुरुषहरु, ९,३२, ३४, ५२ वर्ष उमेरका महिलाहरु रहेका छन् ।
८२ जना संक्रमितमध्ये १६ जना स्वस्थ भइ सकेका छन् । बाँकी संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्यस्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ ।