• नमोबुद्ध संवाददाता

चैत्र २३, धुलिखेल– काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं. ७ दोभानटारस्थित सुनकोशी नदीमा एकजना महिलाको लास फेला परेको र अहिलेसम्म(आइतबार) पनि लासलाई बुुझ्न कोही नआएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार थापाले नमोबुद्धखबरलाई जानकारी दिनुभयो ।

चैत्र २० गते स्थानियले दिएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कार्तिके देउराली र जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसन्धान अधिकृतसहितको टोलीले लासलाई सुनकोशी नदीको किनारामा माछा मार्ने बल्छीको डोरी खुट्टामा अड्की खोलामा तैरिरहेको अवस्थामा फेला परेको थियो । ति टोलीले लासलाई सुरक्षित स्थान नदी किनारामा राखेर मृतकको बारेमा बुझ्दा  पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

अनुसन्धान अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान घटनास्थल लास जाँच प्रकृति मुचुल्का समेतको काम पूरा गरि मृतकको लास पोष्मार्टम, आफन्तजनको खोजतलास एवं मृतकको लास सनाखतका लागि त्रि.वि. शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रेस विज्ञप्ति हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस !