
-
नमोबुद्ध संवाददाता
चैत्र २२, धुलिखेल– नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण थप ३ जनामा देखिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सामाजिक संजालमार्फत थप ३ जनामा संक्रमण देखिएको जानकारी दिनुभएको हो ।
मन्त्री ढकालका अनुसार संक्रमितहरुमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
नेपालमा अहिले सम्ममा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।