• नमोबुद्ध संवाददाता

काठमाडौं–शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !