-
नमोबुद्ध संवाददाता
धुलिखेल– काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा थप ८ वटा क्वारेन्टाइन तयार भएको छ । बुधबार गाउँपालिकाको वडा नं. ४ स्थित साबिकको महासिद्धि प्राविमा क्वारेन्टाइन निर्माण भएको गाउँपालिकाका प्रवत्ता रविन मोक्तानले जानकारी दिनुभयो ।
बढ्दो कोरोना भाइरस संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि पायक पर्ने महासिद्धि विद्यालय मर्ज भएपछि खाली रहेकोले सो ठाउँमा क्वारेन्टाइन बनाउन सहज भएको प्रवत्ता मोक्तानले बताउनु भयो ।
गाउँपालिकामा पहिले पनि प्रत्येक वडाहरुमा ५⁄ ५ शैयाको क्वारेन्टाइन बनाइसकेको र अहिले बनेको क्वारेन्टाइनले शंकास्पद बिरामीहरुलाई राख्न सहज हुने गाउँपालिकाका स्वास्थ्य संयोजक हरिसिं विष्टले विश्वास व्यक्त गर्नुभयो ।
क्वारेन्टाइन गाउँपालिकाका प्रमुख कान्छालाल जिम्बा, प्रहरी, अन्य जनप्रतिनिधि, स्वास्थ्य संयोजक लगायत स्थानियहरुको सहयोगमा निर्माण भएको हो ।