• नमोबुद्ध संवाददाता

कोरोना भाइरस कोभिड १९ संक्रमणबाट बच्न तथा रोकथाम गर्नको लागि तेमालका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री उपलब्ध गराउने क्रम जारी रहेको छ ।बुधबार तेमाल गाउँपालिका वडा नं। ५ मा रहेको पोखरी नारायणस्थान स्वास्थ्य चौकीको लागि केही स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।

तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक कार्यक्रमकाबीच उक्त स्वास्थ्य सामग्री पोखरी नारायणस्थान स्वास्थ्य चौकीका ईन्चार्ज राजेन्द्र निरौलालाई वितरण गर्नुभएको हो । वितरण गरेका सामग्रीहरुमा २ थान पिपिई, सेनिटाइजर, पञ्जा, सावुन लगायतका रहेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण अभियान चलाइरहेको तेमाल गाउँपालिकाले पालिका अन्र्तगतका अन्य स्वास्थ्य संस्थाहरुलाई पनि स्वास्थ्य सामग्रीहरु तत्कालै वितरण गरिने तेमाल गाउँपालिकाका स्वास्थय शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !