-
नमोबुद्ध संवाददाता
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गर्ने भएको छ । संघको केन्द्रिय समितिले हालै यो निर्णय गरि सरकारको कोषमा संघको तर्फबाट रु. ५१ हजार आर्थिक सहयोग गर्ने भएको संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अहिले आतंकित पारिरहेको विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९)नियन्त्रण रोकथाम तथा उपचारमा सरकारसंग हातेमालो गर्न संघका केन्द्रिय समितिकोे तर्फबाट आर्थिक सहयोग गर्ने भएको संघले स्पष्ट पारेको छ ।
प्रेस विज्ञप्तिसहित