
-
नमोबुद्ध संवाददाता
काठमाडौं–संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष (युएनएफपिए)ले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण धेरै महिलाहरू परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुन सक्ने प्रक्षेपण गरेको छ ।
महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रूपमा क्रियाशील रहेको अन्तराष्ट्रिय संगठन यूएनएफपीएले मङ्गलबार प्रकाशित गरेको प्रतिवेदनअनुसार महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने देखिएको जनाएको छ । साथै विभिन्न चरणको लकडाउनका कारण मध्यम तथा निम्न आय भएका देशका महिलाहरुले आधुनिक परिवार नियोजनको प्रयोग गर्न समेत असमर्थ हुने जनाएको छ ।
प्रतिवेदनले मध्य र कम आय भएका एक १४ देशका ४७ मिलियन महिला आधुनिक गर्भ्निरोधकका साधनबाट बञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ । लकडाउन ६ महिना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा सात मिलियन अनिच्छित गर्भधारण हुने, तीन करोगभन्दा बढी महिला लैङ्गिक हिंसाका घटना हुने सम्भावना औँँल्याएको छ । साथै तीन महिनासम्म लकडाउन रहिरहेमा रहेमा थप २० लाख महिला आधुनिक गर्भ्निरोधकका साधन प्रयोग गर्न असमर्थ हुने र एक करोड पाँच लाख महिला लैङ्गिक हिंसाका घटना हुने जनाएको छ ।
कोभिड–१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरूमा धेरै मात्रामा पर्ने जनाउदै लाखौँ महिला तथा किशोरीहरू आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरीरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्,।
प्रतिवेदनमा लकडाउनका कारण परिवार नियोजनका साधन उपलब्ध हुने स्वास्थ्य संस्थाको अभाव आउजाउमा रोक, परिवार नियोजन साधनको छनोट, परामर्श सेवा, ति साधनहरुको आपूर्तिमा समस्याले पनि अनिन्छित गर्भधारण गर्न बाध्य हुने जनाएको छ ।
महिलाको प्रजनन् स्वास्थ्य सेवा, अधिकारहरू सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ति वितरणलाई सहज बनाउन र सङ्कटासन्नहरूलाई सहयोग र संरक्षण गर्न प्रतिवेदनले जनाएको छ । यसरी ६ महिनासम्म पनि लकडाउन भइरहेमा विश्वमा अन्य ३१ लाख भन्दा बढि लैंगिक हिंसा बढ्न सक्ने आँकलन गरेको छ ।