
-
नमोबुद्ध संवाददाता
काभ्रे– जिल्लामा हालसम्म कुल ४३ हजार ९५० सिलिन्डर ग्यास स्टक रहेका छन् । मंगलबार जिल्लाको कमान्ड पोष्टले हिमाल ग्यास १३ हजार सात सय सिलिन्डर, सगर ग्यास १८ हजार सात सय पचास सिलिन्डर, सूर्य ग्यास ११ हजार पाँच सय सिलिन्डर स्टक रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लामा डिजेल ५ लाख लिटर र १ लाख पचास हजार लिटर पेट्रोल अझै स्टक रहेको छ ।
काभ्रेका भएका गतिविधिहरु (कमान्ड पोष्टका अनुसार)
आज(बैशाख १६मा) विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा जिल्लास्तरीे सिएमसि बैठक बसी नोभल कोरोना भाइरस (कोभिड १९)को संक्रमण नियन्त्रण रोकथाम तथा उपचारका लागि गरिएको लकडाउनका कारण जिल्लाका विकास आयोजनाहरु प्रभावित हुन नदिई समयमा नै सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु सरकारी निकाय तथा स्थानिय तहबाट संचालित महत्वपूर्ण आयोजनाहरुको संचालन गर्नका लागि सम्बन्धित सबै निकायहरुबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने निर्णय भयो ।
जिल्लाको मण्डनदेउपुर नगारपालिकामा बर्दिया जिल्लाबाट केहिदिन अघि आएकाहरु २ जना महिला सहित ४ जनालाई सोमबारदेखि सोहि नगरपालिकाको महादेव प्राविको क्वारेन्टाईनमा राखिएका छन् । उनीहरुको आरडिटि किटबाट परिक्षणको तयारी गरिएको छ ।
धुलिखेल नगरपालिकामा विदेशबाट आएका तिन जनाको धुलिखेल अस्पतालमा गरेका आरडिटि परिक्षणमा नेगेटिभ अर्थात कोरोना नभएको छ ।
हालसम्ममा जिल्लामा १२ हजार ३६७ घरपविारलाई विभिन्न स्थानियतहहरु मार्फत राहत वितरण गरेका छन् ।विदेशबाट आएका सहित ४ सय ८८ को आरडिटि विधिबाट कोरोना परिक्षण सम्पन्न भएका छन्। त्यसैगरि ५८४ जनाको पिसिआर परिक्षण गरेका छन् । तिमध्ये दुईजनमा आरडिटि पोजिटिभ आएको थियो । ६५ जना काभ्रे जिल्लाका र बाँकी टेकु अस्पतालबाट पठाएका स्वाबहरुको परिक्षण सम्पन्न भएकोमा सबैजनाको रिर्पोट नेगेटिभ आएको छ ।