-
नमोबुद्ध संवाददाता
काठमाडौं–रौतहटमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा दुई जना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।यो संगै नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित हुनेको संख्या ५४ पुगेका छन् ।
टेकु स्रोतका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेमा वृन्दावन नगरपालिका – ९ भुसहा र देवाही गोनाही नगरपालिका – १ का पुरुष रहेका छन् । उनीहरुको स्वाव लिएर जनकपुर प्रयोगशालामा पीसीआर गर्न पठाइएको थियो । उनीहरुको स्वाब पुन परीक्षणका लागि काठमाडौँ ल्याइएको थियो ।
स्रोतका अनुसार उनीहरु भारतको कोलकत्तामा काबाट हिडेरै नेपाल आएका थिए । उनीहरु १४ दिनसम्म क्वारेन्टाईनमा राखेर जनकपुरमा स्वाब परिक्षण गर्दा नेगेटिभ देखेकोले घर पठाएका थियो।
यसअघि रौतहटकै एक युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनी उपचारपछि निको भई घर फर्किसकेको छ ।