-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको सो अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।सरकारले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस्तो निर्णय गरेको हो ।
सो सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले गत चैत्र ९ गतेदेखि विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको हो ।