• नमोबुद्ध संवाददाता

काठमाडौं–विश्वमा कोरोना भाइरस (कोभिड १९)संक्रमितको संख्या हालसम्ममा ३ मिलियन अर्थात ३० लाख भन्दा बढि रहेका छन् । अहिले संक्रमणपछि निको हुनेका संख्या पनि बढेका छन् । यो खुशी कै कुरा हो । तर यो भाइरसको संक्रमणबाट विश्वमा २ लाख ११ हजार भन्दा बढिले ज्यान गुमाएका तथ्याङ्क वल्र्डमिटरले सार्वजनिक गरेको छ ।

वल्र्डमिटरका अनुसार सोमबार र मंगलबारको तुलना गर्दा पनि कुल संक्रमितमध्ये १ दिनमा १ हजार ८३ जना निको भएका छन् । त्यसैगरि ज्यान गुमाउनेको संख्या एकदिनमा १ सय ५० जना रहेका छन् । सो तथ्याङ्कका आधारमा अहिले कोरोना संक्रमणबाट धेरै जनाले ज्यान बचाउन सफल भएका छन् ।

सुरुमा चीनको हुवानबाट सुरुभएको नोभल कोरोना भाइरसले अहिले २सय १० भन्दा बढि देशहरुमा फैलिसकेको छ । अहिले सबै भन्दा बढि प्रभावित शक्तिशाली राष्ट्रहरु रहेका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !