
-
नमोबुद्ध संवाददाता
काठमाडौंबाट विराटनगरमा पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएकोमा अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ । उनीहरूलाई फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।’
विराटनगरबाट काठमाडौं आएका स्थानीयवासीलाई प्रहरीले फर्काउने तयारी गरेको छ । सोमबार बिहान विराटनगरबाट करिब ८५ जनालाई काठमाडौं पठाइएको विराटनगर महानगरपालिका सामान्य प्रशासन महाशाखा जनाएको छ ।
श्रेष्ठका अनुसार उनीहरूले स्थानीय निकायमा छलफल गरी आएका रहेछन्। कसैलाई पनि काठमाडौं छिर्न दिएका छैनन् उनीहरूको विवरण टिपेर फर्काउने तयारी गरेको छ ।
काठमाडौंबाट विभिन्न जिल्लाका मानिसहरु लकडाउनका कारण अलपत्र परेपछि स्थानिय सरकारले उद्दार गरिरहेको अवस्थामा उनीहरु भने अहिले नागढुंगामा रोकेका हुन् । अहिले काठमाडौं कोरोना संक्रमण मुक्त भएको छ । त्यहाँका सबै कोरोना संक्रमित उपचारपश्चात घर फर्किसकेका छन् भने अन्य स्थानहरुमा अझै संक्रमितको संख्या बढेको छ ।
आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितको संख्या बढेसंगै सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लब्याएको छ ।