
-
नमोबुद्ध संवाददाता
काठमाडौं–सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो ।त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो ।
नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढेसंगै सरकारले लकडाउनलाई कडाईका साथ लागू गरेको छ ।