• नमोबुद्ध संवाददाता

धुलिखेल– नेपालमा नोभल कोरोना भाइरस(कोभिड १९)को संक्रमित मध्ये आइतबारसम्ममा एकतिहाईको उपचारपश्चात निको भएको छ । हालसम्ममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये १६ जनाको उपचारपछि निको भई घर फर्केका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

शनिबारसम्ममा निको हुनेको संख्या १२ जना रहेको थियो । आइतबार नारायणी अस्पताल विरगंजमा उपचाररत रौतहटका १९ वर्षिय पुरुष बाह्रौ दिनमा, र अन्य ३ जना पुरुष पन्ध्रौ दिनको उपचारपछि निको भइ अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !