• नमोबुद्ध संवाददाता

काठमाडौं–यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटि)मा तीन पटक कोरोना भाइरसविरूद्धको एन्टिबडी देखिएकी २३ वर्षीया युवतीको वीरगन्जमा मृत्यु भएको छ।उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी गर्दैगर्दा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

मृतक युवतीको तीन पटर्क यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गर्न स्वाब हेटौंडा प्रयोगशाला पठाइएको छ। अहिले नै केही भन्ने स्थिति छैन। पिसिआरको रिपोर्ट आएपछि थाहा हुन्छ,’ डाक्टर उपाध्यायले भन्नुभयो ।
मृतक युवती केही महिनादेखि ब्लड क्यान्सरका बिरामी थिइन्। उनी वैशाख ४ गते चितवनको भरतपुर अस्पतालमा भर्ना भएर ९ गते डिस्चार्ज्ड भएकी थिइन्।

युवतीलाई एक(दुई दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि परिवारले वीरगन्जकै केही अस्पताल लगेका थिए। श्वासप्रश्वासमा समस्या देखापर्दा कोरोनासँग मिल्ने लक्षण भएको भन्दै अस्पतालर्ले यापिड टेस्ट गरेको थियो। सुरूमा तराई हस्पिटल लगिएको र त्यहाँ दुई पटर्क यापिड टेस्ट गर्दा पनि नतिजा पोजेटिभ आयो।

त्यसपछि नारायणी उपक्षेत्रीय अस्पतालबाट डाक्टर निरा पाठकको टोली गएर अर्र्को यापिड टेस्ट गर्दा पनि पोजेटिभ देखियो। उनलाई त्यसपछि नारायणी अस्पताल लगिएको थियो ।अरू अस्पतालबाट नारायणी अस्पताल ल्याएको र बिरामीलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको डा. उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !