
-
नमोबुद्ध संवाददाता
काठमाडौं–पर्साको विरगन्ज महानगरपालिकाका २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज कोरोना संक्रमण पुष्टि भएकाहरु दुबैजना पर्सा जिल्ला वीरगंजका रहेका छन् र उनीहरुको स्वास्थ्यस्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ । यो संगै हालसम्ममा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । त्यसैगरि १२ जना उपचारपछि घर फर्किसकेका छन् ।