• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपालमा नोभल कोरोना भाइरस (कोभिड १९) को शनिबारसम्ममा ४९ हजार ३३६ जनामा सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठन डब्लू.एच्.ओ.को मापदण्ड अनुसार पिसिआर र ¥यापिट डाइग्नोष्टिक टेस्ट (आरडिटि)बाट जम्मा त्यति मानिसहरुमा कोरोना परिक्षण गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्मा पिसिआर विधिबाट ९ हजार ६सय ६६ जना र आरडिटि विधिबाट ३९ हजार ६ सय ७० जनाको कोरोना भाइरसको परिक्षण भएको छ । हाल नेपालमा आरडिटि विधिबाट कोरोनाको परिक्षण सबै जिल्लाबाट सुरु भएको छ ।

त्यसैगरि नेपालमा पिसिआर विधिबाट कोरोनाको परिक्षण१५ स्थानहरुबाट भइरहेका छन् । ति स्थानहरुमा स्थानहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रयोगशाला धरान,कोशी अस्पताल विराटनगर,जनकपुर प्रादेशिक अस्पताल, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, प्रादेशिक प्रयोगशाला भैरहवा, वीर अस्पताल काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा, काठमाडौ विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल,पाटन अस्पताल ललितपुर, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगन्ज र सेती प्रादेशिक अस्पताल धनगढी रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार आरडिटि परिक्षणले द्रुतगतिमा संक्रमित व्यक्तिको जानकारी दिएपनि कोरोना संक्रमणको पुष्टि भने पिसिआर विधिबाट गरेपछि हुने छ । अहिले नेपालमा पनि आरडिटि पोजिटिभ देखिएकाहरुमा र शंकास्पद सबैको नमुनालाई पिसिआर विधिबाट पनि पुन परिक्षण गरि कोरोना संक्रमण पुष्टि गरेको पाइन्छ ।

कोरोना परीक्षण : कसरी हुन्छ कहिले नेगेटिभ कहिले पोजिटिभ ?

प्रतिक्रिया दिनुहोस !