• नमोबुद्ध संवाददाता

काठमाडौ–एक हप्ता सम्म कोरोना भाइरसको संक्रमण नभएकोमा शुक्रबार एकैदिन १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयका अनुसार आज थपिएका १६ जनामध्ये १४ जना उदयपुरमा रहेका छन् ।उनी हरुमध्ये केहि भारतीय नागरिक रहेको छ । बाँकी दुई जना चितवनको राप्ती नगरपालिकाका २ वटा केस रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयका अनुसार  उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय)रहेका छन् ।

यो संख्या थपेसंगै नेपालमा कोरो भाइरसको संक्रमितको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !