• नमोबुद्ध संवाददाता

तेमाल– तेमाल गाउँपालिका अहिले कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि लिएका निर्णयहरुको कार्यान्वयनमा व्यस्त रहेको छ । नेपाल सरकारले चौथो चरणमा लागू गरेको लकडाउनमा कडाई गरिए संगै तेमाल गाउँपालिका पनि यसलाई प्रभावकारी बनाउन लागि परेको छ ।

गाउँपालिकाले बिहिबार एक सूचना जारी गरि गाउँपालिकाका मुख्य नाकाहरु सिल गर्ने भनेको भोलीपल्ट नै मुख्य नाकाहरु बोहोरे दोभान, पचरघाट लगायतका नाकामा बन्द गरेको छ । गाउँपालिकाका प्रमुख सलाम सिं लामा आँफै जनप्रतिनिधि, सुरक्षाकर्मी सहित ति नाकाहरु खाद्यान्न, तरकारी, एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी बाहेकका सवारीसाधनमा रोक लगाएको हो ।

गाउँपालिकाले ति कडाई गरिएका नाकाहरुमा स्वयंसेवकको पनि व्यवस्था गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस !