
-
नमोबुद्ध संवाददाता
कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको २२ औ दिनमा आइपुग्दा काभ्रेपलान्चोक जिल्लामा पैदलयात्रीलाई पनि एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न रोक लगाउने भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै लकडाउनलाई थप प्रभाबकारी बनाउन आजैबाट लागू हुने गरि यस जिल्लाभित्र अनावश्यक रुपमा हिड्युल गर्ने व्यक्तिलाई सोहि स्थानमा नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल हिडी जिल्लामा प्रवेश गर्नेलाई पूर्ण रुपमा प्रवेश निषेध गर्ने तथा अत्यावश्यक सेवा बाहेकका सवारी पास नलिएका सवारी साधनको संचालनमा पूर्ण रुपमा रोक लगाएको सूचनाबाट स्पष्ट गरेकोे छ ।
यस अघि जिल्ला हँुदै धेरै मानिसहरु विभिन्न जिल्लामा पैदल यात्रा गरेको थियो । यसरी धेरै मानिसहरुको आवतजावतले जिल्लाबासी नै जोखिममा हुने र यो कृयाकपाललाई रोक्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाले एक संचारमाध्यम मार्फत सूझाब दिनुभएको थियो । भिडियो र सूचना हेर्नुहोस ।