• नमोबुद्ध संवाददाता

तेमाल गाउँपालिका वडा नं. १ मा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कृयाकलाप तिव्र रुपमा बढाएको छ । यसैक्रममा स्वास्थ्य ईकाइको आयोजनामा सोमबार वडाभित्र माइकिङ गरेको छ ।

यो

भाइरस विश्वमा तीव्र गतिमा फैलिरहेको र नेपालमा पनि यसको प्रभाव बढिरहेकाले वडाबासीहरुमा सचेतना जगाउनका लागि यो माइकिङ कार्य गरेको स्वास्थ्य ईकाइ सस्र्यूखर्कका इन्चार्ज राजु चिमौरियाले जानकारी दिनुभयो ।

अहिले देशमा लकडाउन लागु भएकोे छ । मानिसहरु सहरबाट गाउँमा जानेक्रम बढेकाले जनचेतना जगाउन यो कार्यक्रम आवश्यक रहेको वडाअध्यक्ष मानबहादुर श्रेष्ठले बताउनु भयो । सचेतना कार्यक्रम वडाको विभिन्न ठाउँहरुमा संचालन गरिएको थियो ।

माईकिङ कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विपद व्यवस्थापन समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !